काठमाडौँमा फोहोर थुप्रियो, दुर्गन्ध सर्वत्र
काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा अहिले फोहोरको डङगुर थुप्रिन थालेको छ । गत फागुन १ गते तारकेश्वर नगरपालिका मुड्खु–तीनपिप्ले सडक कालोपत्रेको माग राख्दै स्थानीयले सडक अवरुद्ध गरेपछि काठमाडौँमा फोहोरको डङगुर थुप्रिएको हो ।
फोहोरको डङगुर सडकमा ल्याएर थुपार्ने क्रम बढेपछि काठमाडौँ महानगरपालिकाअन्तर्गत वातावरण तथा कृषि विभागले फोहोर घरमै व्यवस्थापन गर्न आग्रह गरेको छ । विभागले घर,पसल उद्योगको,व्यवसायबाट उत्सर्जन फोहोरलाई कुहिने र नकुहिने छुट्याई कुहिने फोहोरलाई सकेसम्म आफै व्यवस्थापन गर्न भनेको हो ।
विभागले तत्काल ती सडकखण्ड कालोपत्र गर्न सरकारलाई ध्यानाकर्षण पनि गरेको छ । विभागका अनुसार स्थानीय सडक अवरुद्ध गरेपछि उपत्यकाको फोहोर व्यवस्थापन गरिदै आएको नुवाकोटको ककनी गाउँपालिका–२ स्थित सिसडोल ल्याण्डफिल्ड साइटमा लैजान सकिएको छैन् ।
८ दिनदेखि फोहोर नउठेपछि अहिले उपत्यकाको चोक–चोकमा फोहोर थुप्रिएको छ । फोहोरको दुर्गन्ध फैलिएपछि सर्वसाधारणलाई सास्ती भएको छ ।
टिप्पणीहरू