चन्द्रागिरीमा नेकपा एकीकृतको नगर कमिटी,भाइलाई ठूलो अविभारा

चन्द्रागिरीमा नेकपा एकीकृतको नगर कमिटी,भाइलाई ठूलो अविभारा

नेकपा एकीकृत समाजवादीको चन्द्रागिरी नगर कमिटी अध्यक्षमा भाइकृष्ण बलामी चुनिएका छन् । हिजो गठित नगर कमिटी अध्यक्षको जिम्मेवारी उनलाई दिइएको हो ।

नगर भेलाबाट उपाध्यक्षमा श्रुती पण्डित,सचिवमा प्रसाद रुपाखेती, सह–सचिवमा लक्ष्मीबहादुर महर्जन र राजकुमार महर्जनलाई छानिएको छ ।

८१ जनाको कमिटी घोषणा कार्यक्रम पार्टी उपमहासचिव विजय पौडेलको प्रमुख आतिथ्यता र रमा आले मगरको विशेष आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा पार्टीको काठमाडौं जिल्ला अध्यक्ष कुसुम कार्की,उपाध्यक्ष बटुकृष्ण थापा, प्रदेश कमिटी सदस्य प्रल्हाद कार्कीलगायत जिल्ला कमिटी र क्षेत्रीय संयोजकहरुको उपस्थिति थियो ।

टिप्पणीहरू