अन्तर्राष्ट्रिय मातृभाषा दिवस जुममा
आज विश्वभर विभिन्न कार्यक्रम गरेर अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाईंदै छ । संयुक्त राष्ट्रसंघ महासभाले सन् १९९९ मा घोषणा गरी सन् २००० फेब्रुअरी २१ तारिखदेखि अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरिएको हो । नेपालमा भने वि.सं. २०६६ देखि यो दिवस मनाउन थालिएको हो ।
आज उक्त अवसरमा भाषा आयोगले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । आयोगका प्रशासकीय अधिकृत भक्तबहादुर पाण्डेले कोभिड महामारीका कारण जुम मार्फत् अन्तरक्रिया कार्यक्रम गर्न लागिएको बताउनुभयो । कार्यक्रममा विभिन्न भाषाविज्ञ र सरकारी निकायका प्रतिनिधिहरुको उपस्थिति रहने छ ।
मातृभाषा लोप हुन नदिन आयोगले प्रत्येक वर्ष विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ । हाल नेपालमा एक सय ३१ भाषा सूचीकृत छन् । तीमध्ये एक हजारभन्दा कमले बोल्ने ३७ भाषामध्ये २३ भाषा संकटोन्मुख अवस्थामा पुगेको छ ।
टिप्पणीहरू