उद्योग वाणिज्य संघले गैरकानुनी रकम असुलेको आरोप
वर्षौंदेखि सहयोगको नाममा रकम असुल गर्दै आएको धेरै वटा गुनासो परेपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीले अनुसन्धान थालेको छ । म्याग्दी उद्योग वाणिज्य संघले गैरकानुनी रुपमा रकम असुल गरेको उजुरीको आधारमा प्रशासनले छानबिन अघि बढाएको हो ।
संस्थागत विकासका लागि सहयोग रसिदको नाममा अवैध रूपमा उठाउँदै आएको उजुरी परेपछि छानबिन थालिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बताउनुभयो । ‘वास्तवमा घटना के हो यो विषयमा जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरेर अनुसन्धान भइरहेको छ,’ उहाँले भन्नुभयो ।
यसरी विभिन्न सहयोगको नाममा रकम उठाउनु गैरकानुनी भएको उहाँको भनाइ छ । नगरपालिका र प्रशासन कतैबाट पनि शुल्क उठाउने अनुमति नलिई संघले आफुखुसी रकम उठाउँदै आएको स्थानीयले बताएका छन् ।
टिप्पणीहरू