जन्तीलाई ढिलो भतेर खुवाएको निहुँमा बिबाह नै रद्ध
भारतको बिहारमा खाना ढिलो दिएको भन्दै बेहुला पक्षले विवाह नै रद्ध गरेका छन् । भारतीय सञ्चारमाध्यमहरुले बताएअनुसार यो घटना बिहारको पूर्णिया जिल्लाको बटौना गाउँमा भएको हो । विवाहका निम्ति सबै तयारी पूरा भइसकेको थियो भने जन्ती पनि आइसकेका थिए ।
तर, जन्ती आइपुगेपछि उनीहरुलाई खाना खुवाउन भने केही ढिलाइ भएको थियो । खानामा ढिलाइ भएपछि बेहुला र उनका बाबु रिसाएका थिए । त्यसपछि उनीहरुले विवाह प्रक्रिया अघि बढाउन अस्वीकार गरे ।
स्थानीय बासिन्दा र गाउँ पञ्चायतले बेहुला पक्षलाई मनाउने प्रयास गरे पनि उनीहरुले मानेनन् र विवाहस्थल छाडेर फर्किए । बेहुलाका बाबुले खाना तथा दाइजोको लागि बेहुलीको तर्फबाट भएको सबै खर्च फिर्ता दिँदै विवाह रद्द गर्ने घोषणा गरेका भारतीय सञ्चारमाध्यममा उल्लेख छ ।
बेहुलीकी आमाले बेहुला र उनका बाबुविरुद्ध प्रहरीमा उजुरी दिएकी छिन् । प्रहरीले अहिले यस विषयमा अनुसन्धान भइरहेको बताएको छ ।
टिप्पणीहरू