सेनालाई दक्षिणबाट १ लाख डोज खोप
भारतीय सेनाले नेपाली सेनालाई कोरोनाविरुद्धको एक लाख डोज खोप प्रदान गरेको छ । भारत सरकारको ‘खोप मैत्री’ योजनाअन्तर्गत भारतीय सेनाले नेपाली सेनालाई कोरोना विरुद्धको एक लाख डोज खोप दिएको हो ।
आज जंगी अड्डामा आयोजित एक समारोहमा गोर्खा ब्रिगेडका प्रमुख लेफ्टिनेन्ट जनरल पी.एन. अनन्थनारायणले नेपाली सेनाका रथी बालकृष्ण कार्कीलाई खोप हस्तान्तरण गरेका हुन् ।
भारतीय दूतावासले सामाजिक सञ्जाल मार्फत् नेपाली सेनालाई भारतमै बनेको खोप प्रदान गरिएको जनाएको छ ।
टिप्पणीहरू