रुख चढेका सुवास बिते

रुख चढेका सुवास बिते

इलामको रोङ गाउँपालिका–२ मा रुखबाट लडेर एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुने रोङ–२ बरफल्याङ का २७ वर्षीय सुवास नेपाल हुन् ।

हिजो घर नजिकैको साजको रुखमा चढेर डाले घाँस झार्दा नेपाल लडेर घाइते भएका थिए । घाइते उनको उपचारको क्रममा मेची अस्पताल भद्रपुरमा मृत्यु भएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

टिप्पणीहरू