मिस्टर हमाल बने ‘मिस्टर उदयपुर’

मिस्टर हमाल बने ‘मिस्टर उदयपुर’

उदयपुरको सदरमुकाम गाईघाटमा हिजो आयोजित जिल्लास्तरीय मिस्टर उदयपुर शारीरिक सुगठन च्याम्पियनशिप प्रतियोगिताको बिजेता तेजबहादुर हमाल भएका छन् ।

बिजेता बनेसँगै हमालले मिस्टर उदयपुरको पहिलो उपाधि प्राप्त गरेका छन् । व्यक्तिगत इभेन्टको उक्त प्रतियोगिताका बिजेता बनेका हमाललाई ५१ हजार रुपैयाँ नगद पुरस्कारसहित मेडल, ट्रफि र प्रमाण पत्र प्रदान गरिएको छ ।

उनी उदयपुरको कटारी नगरपालिकाका वासिन्दा हुन् भने उनले प्रतियोगितामा इनर्जी फिटनेस क्लबको तर्फबाट सहभागिता जनाएका थिए । विजेता बनेपछि हमाललाई सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले १० लाख बराबरको स्वास्थ्य बिमाको सुविधा पनि उपलव्ध गराएको छ ।

१३ जना प्रतियोगीले भाग लिएको प्रतियोगितामा स्टार बडी फिटनेश क्लब गाईघाटका दिलिप चौधरी दोस्रो र सोही क्लबका महेश तामाङले तेस्रो स्थान प्राप्त गरेका छन् । दुवै उपविजेतामध्ये दोस्रो हुने चौधरी र तेस्रो स्थानका तामाङले क्रमशः २५ हजार र १५ हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् ।प्रतियोगिताका सहभागीहरुमध्ये उत्कृष्ट प्रस्तुतीका साथ हमालले निर्णायक मण्डलको मन जितेर प्रथम स्थान हासिल गरेका हुन् । १३ प्रतियोगिहरुबीचको प्रतिस्पर्धामा प्रथम भएसँगै उनले नगद पुरस्कारसहित मेडल, ट्रफी र प्रमाणपत्र हात पारेका छन् ।

उदयपुरमा हालसम्म भएका प्रतियोगिताहरुमध्येकै यो ठूलो नगद राशीको पुरस्कार हो । च्याम्पियन बनेका हमालले सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडबाट १० लाख रुपैयाँको मेडिकल बिमा सुविधासमेत पाएका छन् । जसमा १८ वटा घातक रोगहरु र दुर्घटना बिमा समेत रहेको जनाइएको छ ।

प्रतियोगीहरुले विभिन्न सात पोजिसनमा आफ्नो क्षमता प्रदर्शन गरेका थिए । प्रतियोगितामा त्रियुगा नगरपालिकाका उपमेयर देवीकुमारी चौधरी र शारीरिक सुगठन, प्रदेश नम्बर १ का अध्यक्ष केशब श्रेष्ठले विजयी खेलाडीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतियोगिताको निर्णायकमा शिव मुखिया, राष्ट्रिय खेलाडी एवम् निर्णायक पूर्ण तामाङ, शारदा दाहाल र राम दाहाल थिए ।भएको एमसीसी सम्झौतामाथिको छलफलको दृश्य तिनै टेलिभिजनमा देखाईंदा मुन्तिर युएसएडको लोगो पनि छर्लङ्ग भएको हो ।

टिप्पणीहरू