अबको एक घण्टामा एमसीसी पास
अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाको आजको बैठकमा पेश गर्नुभएको ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)’ बीच भएको अनुदान सहायता सम्झौतामाथिको सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।
अबको केही बेरपछि एमसीसीलाई निर्णयार्थ प्रस्तुत गरिँदैछ । संसद बैठक आधा घण्टाको लागि स्थगित भएको छ । अब बस्ने बैठकमा उक्त प्रस्ताव प्रस्तुत गर्न लागिएको हो ।
यसैबीच मन्त्रिपरिषद् बैठकले एमसीसी सम्झौताको ब्याख्यात्मक टिप्पणीलाई ग्रहण गरेको छ । एमसीसी सम्झौता अनुमोदनसँगै उक्त टिप्पणीलाई पनि संसदबाट पारित गराइनेछ ।
टिप्पणीहरू