बलात्कारको बात लागेका एमाले नेता बेपत्ता
बलात्कारको आरोप लागेका नेकपा एमालेका सांसद मोहन बानियाँ प्रहरीको फरार सूचिमा रहेका छन् । जुम्लाकी एक महिलालाई बलात्कार गरेको आरोपमा अदालतले पक्राउ पुर्जी जारी गरेपछि उनी एमसिसीको पूरै प्रक्रियामा सामेल नै नभई फरार भएका हुन् ।
माघ १९ गते नेपालगञ्जको एक होटेलमा बलात्कार गरेको भन्दै सांसद बानियाँविरुध्द जुम्लाकी एक महिलाले माघ २४ गते जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन् । बाँके प्रहरीले फागुन २७ गते जाहेरी दर्ता गरेको थियो । जाहेरी दर्ताको भएको सात दिनपछि अर्थात् फागुन ४ गते जिल्ला अदालत बाँकेले पक्राउ पुर्जी जारी गरेको छ ।
“जुम्लाकी एक महिलालाई पैसा दिन्छु भनी होटलमा बोलाइ बोलाई बलात्कार गरेको आरोपमा अदालतले पक्राउ पुर्जी जारी गरेपछि उनी एमसिसीको पूरै प्रक्रियामा सामेल नै नभई फरार भएका हुन् ।”
पुर्जी जारी भएको झण्डै दुई साता बितिसक्दा पनि माननीयज्यू पक्राउ परेका छैनन् । बाँके प्रहरीले पक्राउका लागि प्रहरी परिचालन गरेको र छिटै पक्राउ गर्छौं भन्दै आलटाल गरिरहेको पीडित महिलाको गुनासो छ ।
प्रहरीको फरार सूचिमा रहेका सांसद बानियाँ भने खुलेआम घुमिरहेको र प्रहरी मूकदर्शक बनेको पीडितको आरोप छ । बलात्कारजस्तो जघन्य भूल गरेका सांसदलाई चाँडोभन्दा चाँडो पक्राउ गरी कानुनी दायरामा ल्याउनु पर्नेमा प्रहरीले आलटाल गरेको उनले गुनासो गरेकी छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्याम अधिकारीले भने बलात्कार आरोपित सांसद बानियाँलाई १/२ दिनभित्रै पक्राउ गरिने बताए । ‘पक्राउ पुर्जी जारी भएपछि आरोपित सांसदले आफै प्रहरीसमक्ष उपस्थित हुन्छु भन्नुभएको थियो,’ एसपी अधिकारीले भने, ‘तर,सम्पर्कमा नआएपछि पक्राउमा ढिलाइ भएको हो ।’
टिप्पणीहरू