संसदको अर्को बैठक आइतबार

संसदको अर्को बैठक आइतबार

प्रतिनिधिसभा बैठक आगामी आइतबारसम्मका लागि स्थगित गरिएको छ ।

आज बसेको बैठकमा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७÷०७८ पेस गरिएको छ ।

बैठक सुरु हुने वित्तिकै प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुल वेल घेरेर नाराबाजी गर्न थालेका थिए ।

एमाले सांसदको नाराबाजीकाबीच प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूले उक्त प्रतिवेदन पेस गर्नुभएको थियो ।

लगत्तै सभामुख अग्निप्रसाद सापकोटाले आइतबार दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित गरेको जानकारी दिनु भएको हो ।

टिप्पणीहरू