आज १ सय २७ जना संक्रमित
गत २४ घण्टामा मुलुकभर एक सय २७ जना कोरोना संक्रमित भेटिएका छन् । छ हजार आठ सय ७४ जनामा परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार यो अवधिमा तीन सय २१ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ९८ प्रतिशत रहेको छ । मुलुकभर अझै सात हजार सात सय ७० जना सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा उपत्यकामा मात्रै ३० जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये काठमाडौंमा १८ जना छन् । भक्तपुरमा चार र ललितपुरमा आठ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा सक्रिय संक्रमितको संख्या एक हजार एक सय नौ पुगेको छ । भक्तपुरमा एक सय १३ र ललितपुरमा एक हजार ८२ जना सक्रिय संक्रमित छन् ।
आज तीन जनाले ज्यान गुमाएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार नौ सय ४१ पुगेको छ । पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये ३६ जना युवायुवती छन् भने पाँच जना किशोरकिशोरी हुन् । त्यस्तै, १३ जना वृद्धवृद्धामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
टिप्पणीहरू