गगनमाथि बिप्लवको आरोप र चुनाव बहिष्कारको चेतावनी

गगनमाथि बिप्लवको आरोप र चुनाव बहिष्कारको चेतावनी

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) को चर्को विरोध गर्दै आएको ६ कम्युनिष्ट पार्टी र दुई वटा मोर्चाले उक्त सम्झौता कार्यान्वन गर्न खोजे फिल्डमा नै प्रतिकार गर्ने बताएका छन् । विप्लव नेतृत्वको नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले उक्त कुरा बताएका हुन् ।

हिजो आयोजित पत्रकार सम्मेलनमा उनले एमसीसी खारेज नभएसम्म आन्दोलन जारी रहने घोषणा गरेका छन् । उनले भने, ‘जबर्जस्तीका साथ कार्यान्वयन गर्न खोजियो भने फिल्डमा प्रतिकार गर्छौं । आवश्यकताअनुसार उनीहरुलाई लखेट्ने छौं ।’

प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित पत्रकार सम्मेलनमा उनले एमसीसी सम्झौता पारित गराउने क्रममा सबैभन्दा बढी दलाली काँग्रेस सांसद तथा महामन्त्री गगन थापाले गरेको आरोप समेत लगाएका छन् । ‘गगन थापा अरुभन्दा बढी अमेरिकी दलाल भएको देखियो,’ उनले भने ।

एक अर्को प्रसंगमा प्रकाण्डले आगामी स्थानीय तहको निर्वाचन आफ्नो पार्टी र मोर्चाले बहिष्कार गर्ने जानकारी समेत गराएका छन् ।

टिप्पणीहरू