संवैधानिक इजलास शुरु,को-को सामेल ?

संवैधानिक इजलास शुरु,को-को सामेल ?

सर्वोच्च अदालतमा महिनौंदेखि रोकिएको संवैधानिक इजलाश आजबाट शुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाविरुध्द नेपाल बारका पदाधिकारी र सर्वोच्चका श्रीमानहरुले असहयोग आन्दोलन गरेपछि रोकिएको इजलाश आजदेखि कामु प्रधानन्यायाधीश दिपक कार्कीको अध्यक्षतामा बस्न थालेको हो ।

“कजलिस्टमा कामु प्रधान न्यायाधीश नभनी दिपक श्रीमानलाई न्यायाधीश मात्रै जनाइएको छ ।”

प्रधानन्यायाधीश राणाविरुध्द महाभियोग प्रस्ताव दर्ता गरिएपछि कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की,न्यायाधीशहरु मीरा खड्का,हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा रहेको संवैधानिक इजलास गठन भएको छ । तर,कजलिस्टमा कामु प्रधान न्यायाधीश नभनी दिपक श्रीमानलाई न्यायाधीश मात्रै जनाइएको छ ।

आजको इजलासमा छ वटा उत्प्रेषण मुद्दा राखिएका छन् । जसमा सुखिपुर नगरपालिका,जिल्ला सरकारी कार्यालय दाङ,प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, बाँकेको डुडुवा गाउँपालिका र इलाम नगरपालिकाविरुद्धका स-साना मुद्दा छन् ।

टिप्पणीहरू