दमौलीको आगो निभाउन हेलिकप्टरमा काठमाडौँबाट पानी

दमौलीको आगो निभाउन हेलिकप्टरमा काठमाडौँबाट पानी

तनहुँको भुपाल हार्डवेयर पसलमा भिषण आगलागी भएको छ । ब्यास नगरपालिका-४ दमौली बजारस्थित सो पसलमा आज बिहान १० बजे आगलागी भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँ, स्थानीय बासिन्दा र त्यहाँस्थित प्रहरीले आगो निभाउन प्रयास गरेपनि नियन्त्रणमा आउन सकेको छैन । आगलागी नियन्त्रणमा आउन नसकेपछि गृह मन्त्रालयको सहयोगमा सिम्रिक एयरको हेलिकप्टर पानी लिएर काठमाडौंबाट दमौली पुगेको छ ।

आगलागीबाट के-कति क्षति भएको भन्ने आधिकारिक जानकारी नआएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू