जीप दुर्घटनामा १ को मृत्यु, ७ घाइते

जीप दुर्घटनामा १ को मृत्यु, ७ घाइते

ओखलढुंगामा आज भएको जीप दुर्घटनामा एक जनाको ज्यान गएको छ । सिद्धिचरण नगरपालिका–५, सिस्नेखोलामा भएको दुर्घटनामा एक जना महिलाको ज्यान गएको हो ।

प्रहरीका अनुसार अरु सात जना घाइते भएका छन् । मृत्यु हुनेमा ओखलढुंगाको चिसङखुगढी गाउँपालिका–३ बस्ने ३८ वर्षीया कुमारी श्रेष्ठ हुन् । गम्भीर घाइते भएकी उनको उपचारको क्रममा सामुदायिक अस्पताल ओखलढुंगामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये चालक र अर्का एक जनालाई थप उपचारको निम्ति काठमाडौं पठाइएको छ । अन्य घाइतेको सामुदायिक अस्पताल ओखलढुंगामै उपचार भइहेको छ ।

माम्खाबाट ओखलढुंगातर्फ जाँदै गरेको प्रदेश १–०२ ०–०१ ज ३८७५ नम्बरको जीप दुर्घटना भएको हो ।

टिप्पणीहरू