प्रसूतिगृह छिरेको भालु सुइ हान्दा बेहोस

प्रसूतिगृह छिरेको भालु सुइ हान्दा बेहोस

बिहीबार राति ताप्लेजुङको जिल्ला अस्पतालस्थित प्रसूतिगृह भवनमा छिरेको भालुलाई तीन दिनपछि बेहोस बनाएर नियन्त्रणमा लिइएको छ । अस्पतालको ढोका खुल्ला भएको मौका छोपेर भित्र छिरेको भालुलाई पछि एउटा कोठामा थुनिएको थियो ।

स्थानीयले नजिकैको जंगलमा छाड्दा मानिसमाथि आक्रमण गर्ने खतरा भएकाले निकुञ्ज वा चिडियाखानामा पठाउन माग गरिएपछि वन्यजन्तु विज्ञहरुको टोलीले भालुलाई नियन्त्रणमा लिन बेहोस बनाउने सुई हानेका हुन् ।

टिप्पणीहरू