हाम्रा मान्छे एमालेमा पसेका होइनन् : विवेकशील साझा

हाम्रा मान्छे एमालेमा पसेका होइनन् : विवेकशील साझा

विवेकशील साझा पार्टीले आफ्ना कुनै पनि सदस्य एमालेमा प्रवेश नगरेको बताएको छ । ‘विवेकशील साझा पार्टीका काठमाडौं जिल्ला अध्यक्ष एमालेमा प्रवेश’ भनी कतिपय सञ्चारमाध्यममा प्रकाशित खबर पूर्णतः असत्य र भ्रमपूर्ण रहेको भन्दै उक्त पार्टीले भर्खर खण्डन गरेको हो ।

उसले एमाले प्रवेश गरेका भनिएका व्यक्ति विवेकशील साझा पार्टीको कहिल्यै पनि जिल्ला संयोजक पदमा चयन नभएको र हाल सदस्यसमेत नरहेको जानकारी दिएको छ ।

यसअघि आजै एमाले अध्यक्ष केपी शर्मा ओलीले विवेकशील साझा पार्टीका काठमाडौं जिल्ला अध्यक्ष तथा बागमती प्रदेश कमिटी सदस्य अमृतराज वैद्यलाई एमालेमा स्वागत गर्नुभएको बताइएको छ । अध्यक्षले वैद्यलाई माला र खादा लगाएर स्वागत गर्नुभएको तस्बिरसमेत बाहिरिएको छ ।

टिप्पणीहरू