करेन्ट लागेर पुरुषको ज्यान गयो

करेन्ट लागेर पुरुषको ज्यान गयो

सुनसरीमा करेन्ट लागेर एक पुरुषको ज्यान गएको छ । ज्यान गुमाउने धरान उमहानगरपालिका १५ पुष्पाञ्जली मार्ग बस्ने ३५ वर्षीय मौसम प्रधान हुन् ।

स्थानीय पदमबहादुर गुरुङको घरको छतमा ट्रस लगाउने क्रममा हिजो करेन्ट लागेपछि उनी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यलय सुनसरीले बताएको छ । घाइने मौसमको उपचारको क्रममा घोपा अस्पतालमा निधन भएको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू