विद्यालयबाट घर जाँदै गरेकी किशोरी सडकमा ठहरै

विद्यालयबाट घर जाँदै गरेकी किशोरी सडकमा ठहरै

धनगढीमा ट्रकको ठक्करबाट एक किशोरीको ज्यान गएको छ । विद्यालयबाट घर फर्कंदै गर्दा ट्रकको ठक्करबाट उनको मृत्यु भएको हो ।

ज्यान गुमाउनेमा धनगढी १३ की १६ वर्षीया किशोरी सरस्वती कुँवर रहेको प्रहरीले बताएको छ । कुँवरलाई आज धनगढी–अत्तरियास्थित ६ लेनको सडकमा बा.२ ख ५१५५ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार साइकलमा सवार ती किशोरीलाई विद्यालयबाट घर फर्कने क्रममा जेब्रा क्रसिङमा ट्रकले ठक्कर दिएर गम्भीर घाइते बनाएको थियो ।

गम्भिर घाइते किशोरीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रवक्ता जोशीले बताए । घटनापछि ट्रक र गोदावरी नगरपालिका ४ का चालक गणेश लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

टिप्पणीहरू