सशस्त्रको बढुवामा लफडा, दरबन्दी रित्तै

सशस्त्रको बढुवामा लफडा, दरबन्दी रित्तै

सशस्त्र प्रहरी अस्पताल सतुंगलमा रिक्त ६ जना डिएसपी डाक्टरको पदपूर्ति वरिष्ठताको लफडा शुरु भएपछि त्यत्तिकै थान्को लागेको छ ।

डाक्टरभन्दा सिनियर रहेका नर्स र अहेवले आफ्नो पनि बढुवा हुनुपर्ने दाबी गरेपछि घर जान लागेका आइजी महिना दिनअगाडि नै आइजी शैलेन्द्र खनाल अलमलमा परेका छन् ।

ती पदमा पदपूर्तिका लागि विज्ञापन प्रकाशन भए पनि समयमा बढुवा गर्न नसकेका हुन् । यसले गर्दा डाक्टरहरूमा निराशा छाएको छ । एमडी गरेका इन्स्पेक्टर डाक्टरहरू अस्पतालमै कार्यरत छन् ।  अब तुरुन्तै खाली हुने सशस्त्र प्रहरी बलको डिआइजी पदमा प्राविधिकहरूको बोलबाला हुने भएको छ ।

स्रोतका अनुसार वरिष्ठताको आधारमा कम्प्युटर प्राविधिक टीकापुर काण्डका लक्ष्मण सिंह, ककनीमा तैनाथ भिसेरा परीक्षक प्रदीप पाल र विदुर खड्काहरू डिआइजीको पालो कुरेर बसेका छन् ।

टिप्पणीहरू