सोत्तर पार्दै समिट एअर

सोत्तर पार्दै समिट एअर

दुर्गमका यात्रुलाई हवाई सेवा दिन एक वर्ष अघिदेखि सुदूरपश्चिममा उडान थालेको निजी क्षेत्रको विमान कम्पनी समिट एयरले मनपरी भाडा तोकेर लुट मच्चाउन थालेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणसँग सम्झौता गरेको भाडादर एक वर्षमै २२ प्रतिशतभन्दा बढी वृद्धि गरेको छ । कात्तिकमा बाढी र पहिरोले सुदूरपश्चिमका पहाडी जिल्ला क्षतविक्षत भएर यातायात अवरुद्ध भएको बेला समिटले पहिलो पटक ११ प्रतिशत भाडा वृद्धि गरेको थियो । बाजुरा, अछाम, दाचुला, बैतडी र बझाङमा एकल उडान गर्दै आएको यो कम्पनीले सम्झौताविपरीत दोस्रो पटक पुसमा १८ प्रतिशत र फागुनमा २२ प्रतिशतले भाडा वृद्धि गरेको छ ।

बेमौसमी बाढी र पहिरोको विपद्मा परेका बेला समिट एयरका कर्मचारीले बझाङमा टिकटको कालोबजारीसमेत गरेका थिए । उनीहरूले चार हजार आठ सय रुपैयाँ पर्ने टिकटलाई १५ हजार रुपैयाँसम्ममा बिक्री गरेको स्रोतले बतायो ।

त्यही बेला समिटको जहाजमा सिकिस्त बिरामीलाई टिकट नदिएका कारण एक जना बालकको मृत्युसमेत भएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले जारी गरेको हवाई भाडा नियमन निर्देशिका २०७३ समेत उल्लंघन गरेर समिटले मनोमानी भाडा वृद्धि गर्दा पनि यसलाई नियमन गर्न कसैले चासो दिएको छैन । निर्देशिकाको दफा ५ मा वायुसेवा कम्पनीले निर्धारित हवाई भाडादरभन्दा बढी असुलउपर गर्नु गराउन नहुने उल्लेख छ ।

टिप्पणीहरू