प्रहरीको नयाँ आकर्षक ठाउँ ?

प्रहरीको नयाँ आकर्षक ठाउँ ?

बलात्कार र चेक बाउन्सका मुद्दाले अदालत तनावमा छ । आपराधिक विश्वासघात भनेर मुद्दा हाल्ने पनि त्यत्तिकै छन् । अदालतको म्याद बुझेर पनि हाजिर हुन नआउँदा प्रहरीले चेक बाउन्सको उजुरी आउनेबित्तिकै पहुँचको आधारमा आरोपितलाई भटाभट पक्राउ गर्ने चलन बढेको छ । शक्ति र दबाबका साथै कमिशनको लोभले गर्दा यस्तो चलन बढेको हो ।

प्रहरीले आरोपितलाई थुनामा राखेर मात्रै छानबिन शुरु गर्ने आरोप लाग्ने गरेको छ । यस्तो मुद्दाका आरोपितलाई पक्राउ गर्दा २० प्रतिशत रकम पाउने कानुनी प्रावधान छ । त्यसैले पहिला पहिला भन्सार चौकी र अख्तियार दुरुपयोग अनुसन्धान विभागतिर जान लालयित हुने प्रहरी आजकल भने फैसला कार्यान्वयन एकाइतिर आकर्षित भएका हुन् ।

तत्कालै प्राप्त गर्न सकिने वैधानिक कमिशनको कारण कठोर मुद्दाका अपराधीलाई बेवास्ता गरेर भए पनि चेक बाउन्सको मुद्दामा अपराधी पक्राउ गर्न हतारिने गरेका भेटिन्छन् । चेक बाउन्सकै मुद्दामा कतिपय आरोपी अदालतको म्याद बुझेर पनि हाजिर हुन नआउने, शक्ति र पहुँचका आधारमा खुलेयाम बजारमा घुमिरहेका छन् ।

त्यसैगरी, प्रहरीको लागि अर्को आकर्षक मुद्दाको रुपमा ‘आपराधिक विश्वासघात’ देखिएको छ । संयुक्त रुपमा व्यवसाय गर्ने दुईमध्ये कुनै एक साझेदारले अर्को साझेदारविरुद्ध व्यवसायमा घात गरेको आरोपमा उजुरी दिने प्रावधानलाई आपराधिक विश्वासघातअन्तर्गत परिभाषित गरिएको छ । यस्तो मुद्दा आउनेबित्तिकै पहुँचका आधारमा अर्का विरोधीलाई तत्कालै पक्राउ गर्न प्रहरी तम्सिने गरेका छन् ।

टिप्पणीहरू