हायातले ओगटेको १४८ रोपनी जग्गा फिर्ता गरिन्छ : मन्त्री आले

हायातले ओगटेको १४८ रोपनी जग्गा फिर्ता गरिन्छ : मन्त्री आले

संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बौद्धस्थित हायात होटलले ओगटेको सरकारी जग्गा फिर्ता गरिने बताउनुभएको छ ।

उहाँले तारा गाउँ विकास समितिको १ सय ४८ रोपनी जग्गा फिर्ताको प्रक्रियामा लागिएको जनआस्थासँगको कुराकानीमा बताउनुभयो ।

होटलले सरकारलाई राजश्ववापत वार्षिक ३२ लाख रुपैयाँ तिर्दै आएको छ । तर समितिले पहिलेदेखि नै बजारको प्रचलित भाउअनुसार जग्गाको भाडा तिर्नुपर्ने बताउँदै आए पनि होटलले आनाकानी गरेको छ ।

यसैबीच मन्त्रालयले उक्त समितिको अध्यक्षमा नारद लुईंटेललाई नियुक्त गरेको छ ।

टिप्पणीहरू