संखुवासभामा भयानक बस दुर्घटना : १४ जनाको मृत्यु, पाँच घाइते

संखुवासभामा भयानक बस दुर्घटना : १४ जनाको मृत्यु, पाँच घाइते

संखुवासभामा भएको बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । आज बिहान संखुवासभाको मादीबाट झापाको दमकका लागि छुटेको ना ४ ख ७३५ नम्बरको यात्रुबाहक बस मादी नगरपालिका–६ पुलुड्डस्थित सात घुम्तीमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सवेदीका अनुसार बस सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना हुदाँ १४ जनाको मृत्यु भएको हो । दुर्घटनामा पाँच जना घाइते भएका छन् ।

मृतक १४ जनाकै शव निकालिएको डिएसपी सुवेदीले बताएका छन् । घाइते भएका पाँचलाई जिवितै उद्धार गरी स्थानीय अस्पतालमा उपचार भईरहेको उनले बताए । उनका अनुसार मृतकको पहिचान भने भएको छैन । मृतकको संख्या अझै बढ्न सक्ने उनको अनुमान छ ।

टिप्पणीहरू