दिल्लीपछि पञ्जाबमा पनि केजरीवालको प्रभाव
भारतको पञ्जाब राज्यमा आम आदमी पार्टीले अप्रत्यासित सफलता हासिल गर्ने देखिएको छ । विधानसभा निर्वाचन मतगणनाकाे प्रारम्भिक परिणाम सार्वजनिक हुँदा त्यहाँ आम पार्टीले बहुमत स्थानमा अग्रता लिएको छ ।
११७ सिटमध्ये पन्जाबमा आम पार्टी ९१ सीटमा अगाडि देखिएको भारतीय समाचार संस्था एनडीटीभीले जनाएको छ । त्यस्तै, कांग्रेस आईले मात्र १४ सीटमा अग्रता कायम गरेकाे छ ।
पञ्जाबमा आपको उदयले देशकै सबैभन्दा पुरानो पार्टी कंग्रेसलाई ठूलो धक्का लागेको छ भने आम पार्टीका लागि दिल्लीबाहिर पहिलो ठूलो सफलता प्राप्त हुने देखिएको छ ।
पञ्जाबमा आपले भागवन्त सिंह मनलाई मुख्यमन्त्रीको उम्मेदवार बनाएको छ । ४८ वर्षीय मन सन् २०१४ मा आम आदमी पार्टीमा प्रवेश गरेका थिए । उनी सन् २०१९ को निर्वाचनमा पन्जाबबाट लोकसभा चुनाव जित्ने आपका एक मात्र उम्मेदवार हुन् ।
भारतका पाँच वटा राज्यमा विधानसभा चुनावको मतगणना जारी छ । उत्तर प्रदेश,उत्तराखण्ड, पन्जाब,गोवा र मणिपुरमा मतगणना भइरहेको छ ।
टिप्पणीहरू