रोजगार कार्यक्रममा सहभागी हुन सरकारी आग्रह
प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुनको लागि बेरोजगारको सूचीमा सूचीकृत हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुनको निम्ति सम्बन्धित व्यक्तिलाई निवेदन दर्ताको लागि आग्रह गरेको हो ।
प्रत्येक नेपाली नागरिकलाई रोजगारीको हक प्रत्याभूति गराउन तोकिएको मापदण्ड पूरा गरेका नागरिकले रोजगारीको हक सम्बन्धी नियमावली, २०७५ को नियम ७ बमोजिम आफू स्थायी बसोबास गरेको वडा कार्यालय वा स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमा फागुनभित्र निवेदन दिनुपर्नेछ ।
यो निवेदन आगामी आर्थिक वर्षको लागि हो । निवेदन दिने व्यक्ति १८ देखि ५९ वर्ष उमेर समूहको हुनुपर्नेछ । निवेदन दिँदाको मितिसम्म सोही आर्थिक वर्षमा न्यूनतम एकसय दिनको रोजगारमा कहिँ पनि संलग्न नभएको हुनु पर्नेछ ।
टिप्पणीहरू