यो गर्मीमा किन जानुभयो प्रधानमन्त्री वीरगञ्ज ?
प्रधानमन्त्री शेरबहादुर देउवा केही बेरअघि वीरगञ्ज पुग्नुभएको छ । उहाँ नेपाली काँग्रेसको कार्यक्रममा सहभागी हुन त्यता जानुभएको हो ।
नेपाली काँग्रेसको सभापतिसमेत रहनुभएका देउवाले काँग्रेस पर्सा जिल्लाका नवनिर्वाचित कार्यसमिति सदस्यलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रम छ ।
उहाँले त्यसपछि नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औँ राष्ट्रिय महाधिवेशन तथा केन्द्रीय महिला उद्यमी समितिको २२ औँ राष्ट्रिय महिला उद्यमी सम्मेलनको पनि उद्घाटन गर्दै हुनुहुन्छ ।
टिप्पणीहरू