काँग्रेसका इञ्जिनियर निश्कासित

काँग्रेसका इञ्जिनियर निश्कासित

नेपाली काँग्रेस निकट डेमोक्रेटिक इञ्जिनियर्स नेपाल (सिडेन) का १३ जना इञ्जिनियरलाई निश्कासन गरिएको छ ।

सिडेनका महासचिव इञ्जिनियर रोशनराज गिरीलगायत १५ जनाको टोलीले संस्थाको विधि र विधान विपरित बागी उम्मेदवारी दिएका १३ जनालाई निश्कासन गरिएको पत्र पार्टी महामन्त्री विश्वप्रकाश शर्मालाई हिजो साँझ पार्टी कार्यालयमा बुझाएको हो ।

टिप्पणीहरू