प्रहरीको सूचनामा कसको जालझेल ?
नेपाल प्रहरीले आगामी स्थानीय तह निर्वाचनको लागि आवश्यक पर्ने म्यादी प्रहरी भर्नासम्बन्धी कुनै सूचना ननिकालेको बताएको छ । ‘म्यादी प्रहरी’ भर्नासम्बन्धी सूचना सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले सोको खण्डन गरेको हो ।
‘स्थानीय तह निर्वाचन २०७९ को लागि सुरक्षार्थ आवश्यक पर्ने म्यादी प्रहरी भर्नासम्बन्धी सूचना जारी भएको भनी सामाजिक सञ्जालमा राखिएको पाइएकोले प्रहरी प्रधान कार्यालयबाट हालसम्म त्यस्तो सूचना प्रकाशित / प्रसारित नगरिएको व्यहोरा जानकारी गराउँदछौँ,’ प्रहरीले विज्ञप्ति निकालेर खण्डन गरेको छ ।
आवश्यक पर्ने म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना नेपाल प्रहरीको वेबसाइटमा र सार्वजनिक सञ्चार माध्यममा भविष्यमा प्रकाशित गरिने पनि विज्ञप्तिमा उल्लेख छ
टिप्पणीहरू