भिसा परिवर्तन गर्न दूतावासको स्वीकृति अनिवार्य

भिसा परिवर्तन गर्न दूतावासको स्वीकृति अनिवार्य

अध्यागमन विभागले विदेशी नागरिकले पर्यटकबाहेकका भिसा लिन र परिवर्तन गर्न सम्बन्धित देशको नेपालस्थित दूतावासको सिफारिस अनिवार्य गरेको छ । गृह मन्त्रालयका सचिवको संयोजकत्वमा गत फागुन १३ गते बसेको बैठकले गरेको निर्णय हिजो सार्वजनिक गरिएको हो ।

विदेशी नागरिक अनुगमन निर्देशिका, २०७५ बमोजिम गठित समितिले पर्यटकबाहेकका भिसा पहिलोपटक लिनेले र भिसा परिवर्तन गर्न चाहने विदेशीले आफ्नो देशको नेपालस्थित दूतावासबाट सिफारिस लिनुपर्ने भएको हो ।नेपालमा अधिकांश विदेशीहरू पर्यटक भिसामा आउने गरेका छन् । नेपालमा आइसकेपछि भिसा परिवर्तन गर्ने गरेको पाइएपछि नयाँ व्यवस्था गरिएको बताइएको छ ।

टिप्पणीहरू