सशस्त्र युध्दको घोषणा गर्ने यी को हुन् ?
हिमाल सुरक्षा परिषद नेपालले आजदेखि सशस्त्र युध्दको घोषणा गरेको छ । संस्थाको ठेगाना र पदाधिकारीको नाम उल्लेख नभएको लेडर प्याडमा फागुन १५ गतेको मिति राखेर गरिएको उक्त घोषणामा २० वटा माग प्रस्तुत गरिएको छ ।
तर सशस्त्र युध्दको घोषणा गर्ने संस्थाले संघीयताको खारेजी, संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र तथा २०४७ सालको संविधानलाई आधार मानेको उल्लेख गरेको छ ।
उसले राखेको पहिलो मागमा संघीयता खारेज गरेर मुलुकलाई पाँच विकास क्षेत्रमा परिणत गर्नुपर्ने, धर्मनिरपेक्ष खारेज र हिन्दु राष्ट्र कायम गरिनुपर्ने,एमसीसी सम्झौता खारेज गर्नुपर्ने, उच्चस्तरीय नागरिकता छानबिन आयोग गठन, सांसदहरुलाई ६५ वर्षे उमेर हद म्याद लगाउनुपर्ने उल्लेख छ ।
त्यसैगरी २०४६ सालपछिका सबै नेता तथा उच्चपदस्थ व्यक्तिको सम्पत्ति छानबिन गर्नुपर्ने र नेपालमा रहेका भारतीय सूचना प्रविधि सबै बन्द गरिनुपर्ने माग उसले राखेको छ ।
टिप्पणीहरू