अमेरिकाले थप ८१ अर्ब रुपैयाँ दिने तयारी

अमेरिकाले थप ८१ अर्ब रुपैयाँ दिने तयारी

अमेरिकाले नेपाललाई आगामी पाँच वर्षभित्र थप ८१ अर्ब रुपैयाँको सहयोग गर्ने भएको छ । नेपाल र अमेरिकी सहयोग नियोग युएसएआईडीबीच हुन लागेको सम्झौतापछि उक्त सहयोग रकमवारे निर्क्यौल हुने जनाइएको छ ।

स्रोतका अनुसार अमेरिकाले ६५ करोड ९० लाख अमेरिकी अमेरिकी डलर उपलब्ध गराउने छ । उक्त रकम आजको प्रचलित विनिमयदरअनुसार ८० अर्ब ३८ करोड ४८ लाख २० हजार नेपाली रुपैयाँ बराबर हुन आउँछ ।

सो रकम आगामी पाँच वर्षभित्र उपलब्ध गराइने छ । सहयोग सम्झौतामा हस्ताक्षरका लागि अन्तिम चरणको छलफल भइरहेको अर्थ मन्त्रालय स्रोतले बताएको छ ।

टिप्पणीहरू