राष्ट्रिय सभामा एमालेको जिम्मेवारी हेरफेर
राष्ट्रिय सभामा एमालेले सदस्यहरुको जिम्मेवारी हेरफेर गरेको छ । यसअघि पार्टीको प्रमुख सचेतक रहेका परशुराम मेघी गुरुङको कार्यकाल सकिएकाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्का सदस्यलाई जिम्मेवारी दिनुभएको हो ।
अहिले एमाले संसदीय दलको नेतामा प्रमुख सचेतक रहनुभएका खिमलाल भट्टराईलाई बढुवा गरिएको छ । त्यसैगरी झापाका पूर्व पार्टी सचिव देवेन्द्र दाहाललाई भट्टराईले सम्हाल्दै आएको प्रमुख सचेतकमा नियुक्त गरिएको छ ।
टिप्पणीहरू