अदालतको आदेशले भन्सार एजेन्टको परीक्षा रोकियो
भोलिका लागि तय भएको भन्सार एजेन्टको लिखित परीक्षा स्थगित भएको छ । भन्सार विभागले एजेन्टको इजाजतपत्रका लागि लिन लागेको परीक्षा अनिश्चितकालका लागि स्थगित भएको हो । हिजो उच्च अदालत पाटनले विभागको नाममा चैत ६ गतेसम्म परीक्षा स्थगित गर्न अल्पकालीन अन्तरिम आदेश दिएपछि परीक्षा रोकिएको हो ।
अदालतको आदेशसहितको सूचना आज तामेल हुन आएकोले भोलि हुने लिखित परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको भन्सार विभागका शाखा अधिकृत घनश्याम तिमिल्सिनाले जानकारी दिए ।
टिप्पणीहरू