डाक्टरको जाँच अर्को महिना

डाक्टरको जाँच अर्को महिना

चिकित्सा शिक्षा आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षा अर्को महिनाबाट सञ्चालन गर्ने भएको छ । आयोगले आज समय तालिका सार्वजनिक गर्दै आगामी चैत १८ गतेबाट परीक्षा सञ्चालन गर्ने बताएको हो ।

आयोगका अनुसार चैत १८ गते एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ, बीएएसएलपी, बी पफ्र्युजन टेक्नोलोजीको परीक्षा हुनेछ । २० गते बीएएमएस, बीएनएस, बीएससी, एमएलटी, बएससी एमआईटी, बी फार्मा, बी अप्टोमेट्रि र बीपीटीको तथा अन्तिम दिन अर्थात चैत २१ गते बीपीएचको परीक्षा हुनेछ ।

सबै परीक्षा बिहान ११ बजेदेखि सुरु हुने आयोगले जनाएको छ । परीक्षा केन्द्र काठमाडौं उपत्यकामा मात्रै रहने बताइएको छ । आयोगले परीक्षार्थीको प्रवेशपत्र परीक्षा हुने पाँचदिन अघि अनलाइनमा उपलब्ध गराउने पनि जानकारी गराएको छ ।

टिप्पणीहरू