भारतमा आम आद्मीको तहल्का

भारतमा आम आद्मीको तहल्का

भारतको पञ्जाव राज्यमा भएको विधान सभाको निर्वाचनमा आम आद्मी पार्टी (एएपी) ले अत्यधिक बहुमत प्राप्त गरेको छ । पछिल्लो परिणामअनुसार आम आद्मीले खसेको कुल मतको तीन चौथाई प्राप्त गरेको हो ।

अब पञ्जाब राज्यमा पनि उक्त पार्टीले नै सरकार बनाउने निश्चित भएको छ । कुल एक सय १७ सदस्य मध्ये ९२ सिटमा जित हासिल गरेको छ । अघिल्लो पटकको निर्वाचनमा उक्त पार्टी जम्मा २० सिटमा विजयी भएको थियो ।

आम आद्मीको जितलाई सर्वसाधारणले चमत्कारको टिप्पणी गरेका छन् । पञ्जावको निर्वाचनमा भारतीय राष्ट्रिय काँग्रेसले १८ ठाउँमा जित हासिल गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भाजपाले जम्मा दुई सिट जोगाएको छ ।

अब आम आद्मीले भगवन्त मानलाई मुख्यमन्त्री बनाउने निश्चित छ । उनलाई पार्टीले निर्वाचन अगावै मुख्यमन्त्रीको उम्मेदवारको रुपमा अघि सारेको थियो ।

टिप्पणीहरू