आज ७७ जना संक्रमित थपिए, एक जना बिते

आज ७७ जना संक्रमित थपिए, एक जना बिते

पछिल्लो २४ घण्टामा देशभर ७७ जना कोरोना संक्रमित फेला परेका छन् । सात हजार नौ सय ८१ जनामा परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् ।

यो अवधिमा एक सय ८९ जना संक्रमणबाट निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर कोरोनाबाट निको हुने निको दर ९८ दशमलव २ प्रतिशत रहेको छ ।

त्यस्तै, देशभर अझै पाँच हजार दुई सय १२ जना सक्रिय संक्रमित छन् । तीमध्ये काठमाडौंमा सक्रिय संक्रमितको संख्या चार सय ४२ रहेको छ । भक्तपुरमा ५३ र ललितपुरमा तीन सय ५९ जना सक्रिय संक्रमित छन् ।

आज एक जनाले ज्यान गुमाएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार नौ सय ५० पुगेको छ ।

टिप्पणीहरू