रुसी थर्मोबेरिक बम नाटोलाई चुनौती ? (भिडियोसहित)

युक्रेनमाथि रुसले गरेको आक्रमणलाई कतिपय अन्तर्राष्ट्रिय सुरक्षा विश्लेषकले अमेरिकी सैन्य संगठन नेटोलाई देखाइएको सैन्य प्रदर्शन भएको बताएका छन् । रुसले अमेरिका र उसका सहयोगी मुलुकलाई आफ्नो पछिल्लो सैन्य शक्ति प्रदर्शन गरेको रुपमा अर्थ्याइएको हो ।

पछिल्ला दिनमा रुसले युक्रेनमा थर्मोबेरिक बम आक्रमण गरेको छ । उक्त बमलाई आणविक हतियारभन्दा पछिको सबैभन्दा शक्तिशाली हतियार मानिन्छ ।

यो बम प्रहार गरेपछि दुई पटक स्वचालित तवरले विस्फोट हुन्छ । पहिलो पटक सामान्य किसिमले पड्केपछि पछिल्लो पटक विध्वँशात्मक किसिमले हुने विस्फोटबाट नजिकैका सबैजसो भौतिक संरचनासमेत ध्वस्त हुन्छ ।

टिप्पणीहरू