ताप्लेजुङमा आगलागी
ताप्लेजुङ फुङलिङ नगरपालिका ४ कोप्चेको देवीथान नजीक फल्गुण २७ गते विहान ८ः३० बजे तिर आगलागी हुँदा रविन आङबुहाङ एक र संगीता मादेनको कच्ची घर एक गरी दुई घर जलेर पूर्णक्षती भएका र रविन आङबुहाङकै एक पक्की घर आंशिक क्षतिभएको छ । पूर्णक्षतिभएको घरमा डेरा गरि बस्ने मैवाखोला गाउँपालिका १ ढुङ्गेसाँघु का ६७ वर्षिय चुलिमाया चङबाङ (लाहुरेनी बोजु) आगलागीमा घरभित्रै जलेर गम्भिरघाइते भएको अवस्थामा ताप्लेजुङ जिल्ला अस्पत्तालमा उपचार हुँदाहुँदै उनको निधन भएको छ । यस आगलागीमा परेर दुई घरधनी सहित कुमारी शेर्पा, कौशिला लिम्बू, रेनुका लिम्बू, जंग शेर्पा, टंक अन्छाङ्बो, कुमारी तामाङ र एक विद्यार्थी समेतका परिवार विस्थापित भएका छन् ।
आगलागीबाट घरधनी रविन आङबुहाङको १० लाख घरधनि संगीता मादेनको १५ लाख र डेरागरी बस्नेहरुको २३ लाख ५७ हजार गरी जम्मा ४८ लाख ५७ हजार क्षतिभएको नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङको तथ्याङ्कले बताएको छ । नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङले तत्कालै भाँडाकुँडा, लत्ताकपडा लगायतका अखाद्य बस्तुको राहत वितरण गरेको जनाएको छ ।
-कमल भट्टराई
टिप्पणीहरू