रुसी टेलिभिजन च्यानल नेपालमा ‘ब्ल्याक आउट’

रुसी टेलिभिजन च्यानल नेपालमा ‘ब्ल्याक आउट’

रुसले युक्रेनमाथि आक्रमण गरेको दुई सातापछि स्याटलाइट टेलिभिजन च्यानलहरु प्रशारण गर्ने नेपालका केबुल अपरेटरहरुमार्फत् रुसी च्यानलमा रोक लगाइएको छ । केही दिन अघिसम्म प्रशारण भइरहेको रुसी टेलिभिजनको आर टी च्यानल बन्द गरिएको छ ।

डिस होमबाट विदेशी च्यानल हेर्ने सबै ग्राहकको घरमा उक्त च्यानल बन्द गरिएको छ । अहिले रुसी टेलिभिजन प्रशारण हुँदै आएको च्यानलमा फ्रेञ्च च्यानल प्रशारण हुन थालेको बताइन्छ । यता नेपालमा उक्त च्यानलमा रोक लगाइएको बेला उता अमेरिकामा पनि सो च्यानल बन्द गरिएको छ ।

नेपाली जनतासँग रुस,अमेरिका, चीन,फ्रान्स र बेलायत सबै शक्ति राष्ट्रका भनाइ सुन्न पाउने अधिकार छ । रुसको भनाइलाई बन्द गराएर एकोहोरो सीएनएन र बीबीसी मात्र सुन भन्नु कत्तिको न्यायोचित हो ? भन्ने प्रश्न उठ्न थालेको छ ।

यस्तो कार्य कसको उक्साहटमा गरिएको होला ? सरकारले कसको कुरो सुनेर यस्तो एकपक्षीय निर्णय लिएको होला ? यो कार्य कत्तिको निश्पक्ष होला ? कि मुलुकले खुलेर युक्रेनको पक्षमा बोलेको नतिजा हो यो ? होइन भने अहिले डिस होमका ग्राहकले रुसी टेलिभिजनको लागि च्यानल नम्बर ७०४ मा थिच्दा एउटा फ्रेञ्च च्यानल आउने बनाउन कसले निर्देशन दियो होला ?

टिप्पणीहरू