मिर्गौला फेल भएका माओवादी कमाण्डरको याचना

मिर्गौला फेल भएका माओवादी कमाण्डरको याचना

दुवै मिर्गौला फेल भएपछि काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका पूर्वजनमुक्ति सेनाका कम्पनी कमाण्डर जीतबहादुर महरा (महाविर) ले उपचारका लागि सरकार र सहयोगीहरुसँग याचना गरेका छन् । मोरङको मिक्लाजुङ गाउँपालिका ८ का ४२ वर्षीय महराले दुवै मिर्गौला फेल भएपछि केही वर्षदेखि आफ्नै खर्चमा डायलासिस गराउँदै आएका थिए । डायलासिस गराउँदा सबै जायजेथा सकिएको र चिकित्सकले एउटा मिर्गौला प्रत्यारोपण गराउँदा जिउन सकिने सल्लाह दिएकाले आफूले सरकार र दाताहरुसँग हात फैलाउनुपरेको उनी बताउँछन् ।

दलित समुदायबाट प्रतिनिधित्व गर्दै २०५५ सालदेखि माओवादी जनयुद्धमा पूर्णकालीन कार्यकर्ता महरा तत्कालीन पूर्वजनमुक्ति सेना फर्स्ट डिभिजनअन्तर्गत १८ औं बटालियनको कम्पनी कमाण्डर थिए । शान्ति प्रक्रियापछि माओवादी पार्टीले विराटनगरबाट प्रकाशन गर्ने जनविद्रोह दैनिकमा केही वर्ष रिपोर्टरका रुपमा काम पनि गरे । महराका श्रीमतीसहित एक छोरा र एक छोरी छन् । माओवादी पार्टी विभाजनपछि हाल नेपाल कम्युनिष्ट पार्टीको ब्युरो सदस्य र श्रमिक संघ मुक्ति मोर्चाको केन्द्रीय उपाध्यक्ष छन् । ‘उपचार गर्दा आफूसँग भएको १५ लाख सबै सकियो । डाक्टरले मिर्गौला प्रत्यारोपण गर्न २० लाख लाग्छ भनेका छन् । त्यसैले सहयोगका लागियाचना गर्न बाध्य भएको हुँ…

अस्पतालको शैयाबाट महावीरले भनेका छन् । उनले आफूलाई ९८४४४२३९९५ मा सोझै सम्पर्क गरेर वा प्राइम बैंकमा रहेको खाता नम्बर ‘०४२०००१०जीएल’ मा सक्दो रकम जम्मा गरेर सहयोग गरिदिन दयालु दाताहरुलाई आग्रह गरेका छन् ।

टिप्पणीहरू