माधव नेपालको पद खुस्काउन ओलीले हालेको मुद्धा पूर्ण सुनुवाइमा जाने

माधव नेपालको पद खुस्काउन ओलीले हालेको मुद्धा पूर्ण सुनुवाइमा जाने

सर्वोच्च अदालतले नेकपा एकीकृत समाजवादीका १४ जना सांसदविरुद्ध एमाले अध्यक्ष केपी ओलीले दायर गरेको रिट पूर्ण सुनुवाइमा पठाउन आदेश दिएको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको इजलासले रिटलाई पूर्ण सुनुवाइमा लैजाने निर्णय गरेको हो ।

मुद्दाको पक्ष र विपक्ष दुवैतर्फबाट लिखित जवाफ पेश भएको र अन्य मुद्दाको अङ्ग पुगेकाले फैसला केन्द्रित सुनुवाइका लागि पेसी तोक्न पूर्ण सुनुवाईमा लैजान इजलासले आदेश गरेको हो ।

ओलीले नेपालसहित तत्कालीन एमालेका १४ जना सांसदमाथि गरिएको कारवाहीको सूचना सभामुखले नटाँसेको र उनीहरुले सांसदकै हैसियतमा एकीकृत समाजवादी दल दर्ता गरेको भन्दै त्यसविरुद्ध रिट हाल्नुभएको थियो । ओलीले अन्तरिम आदेशमार्फत १४ भाइको पद खुस्काउन र एकीकृत समाजवादीलाई वैधानिकता नदिन माग गरे पनि मुद्धाको पेशी पटक-पटक सर्दै आएको छ ।

टिप्पणीहरू