बारको चुनावमा ‘नो भोट’ को माग

बारको चुनावमा ‘नो भोट’ को माग

नेपाल बार एशोसिएसनको निर्वाचनमा ‘राइट टु रिजेक्ट’को व्यवस्था मिलाउन माग गरिएको छ । स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायी अभियानले ‘राइट टु रिजेक्ट’को विकल्पसहितको मतपत्र जारी गर्न माग गरेको हो ।

बारको आसन्न निर्वाचनमा उम्मेदवारहरूलाई बहिष्कार गर्न पाउने राइट टु रिजेक्टको विकल्पसहितको मतपत्र जारी हुनु पर्ने भन्दै अभियानका अध्यक्ष अधिवक्ता स्वागत नेपालले आज निर्वाचन समिति,नेपाल बार र बार काउन्सिल समेतमा अल्टिमेटम सहितको माग पत्र बुझाएका छन् ।

सो व्यवस्था नगरे सबै स्वरुपका अवज्ञा आन्दोलन गर्ने चेतावनी दिइएको पत्रमा यसअघि नै सर्वोच्च अदालतले कुनै पनि निर्वाचनमा मतदातालाई खराब उम्मेदवारलाई बहिष्कार पनि गर्न पाउने अधिकार राइट टु रिजेक्ट नहुने हो भने पूर्ण लोकतन्त्र हुन नसक्ने भनी नजिर स्थापित गरेकोले वकिलहरूको निर्वाचनमा सो व्यवस्था लागू हुनैपर्ने उल्लेख गरिएको छ ।

टिप्पणीहरू