जंगलमा अलपत्र परेका नेपालीले एनआरएनए गुहारे

जंगलमा अलपत्र परेका नेपालीले एनआरएनए गुहारे

रुस र युक्रेनबाट निस्केका नेपालीहरुले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई गुहार्न थालेका छन् ।

रुसबाट हिँडेर लिथुआनिया र बेलारुसको जंगलमा अलपत्र परेका ११ जना नेपालीले एनआरएनए स्लोभाकियाका प्रतिनिधि जयप्रकाश शिवाकोटीलाई सम्पर्क गरी हिजो आफूहरुको उध्दारको लागि पहल गरिदिन आग्रह गरेका हुन् ।

“राजदूत रामबाबु खड्काले ती नेपाली युक्रेनयुध्द पीडित नभएर अन्य विचौलियामार्फत् युरोप छिर्न हिँडेको हुन सक्ने बताउनु भयो ।”

सम्पर्ककर्तामध्येका एक जनाले ह्वाट्स एपमार्फत् आफ्नो उध्दारको लागि अनुरोध गरेका थिए । उनीहरु रुसबाट युरोपका अन्य मुलुक जान हिँडेको आशंका गरिएको छ ।

जर्मनीका लागि नेपाली राजदूत रामबाबु खड्काले ती नेपाली युक्रेनयुध्द पीडित नभएर अन्य विचौलियामार्फत् युरोप छिर्न हिँडेको हुन सक्ने बताउनु भयो ।

उहाँले रुसस्थित नेपाली दूतावासमार्फत समन्वय गरेर उनीहरुसँग सम्पर्क गर्न खोजिएको जानकारी दिनुभएको छ ।

टिप्पणीहरू