जथाभावी पीसीआर टेष्ट नगराउनु : स्वास्थ्य मन्त्रालय
अबदेखि कोभिडको लक्षण नदेखिएकाले कोरोना टेष्ट गराउन पर्ने छैन । कुनै पनि लक्षण नदेखिएका र पूर्ण खोप लगाएका व्यक्तिलाई पीसीआर परीक्षण अनिवार्य नगराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पताल तथा स्वास्थ्य केन्द्रलाई अनुरोध गरेको हो ।
यसअघि, अस्पतालले भर्ना हुने बिरमाी र कुरुवाको समेत अनिवार्य पीसीआर परीक्षण गराउँदै आएको थियो ।
अब सबैभन्दा धेरै संक्रमित भएको काठमाडौं उपत्यकाका तीनवटै जिल्ला ‘रेड जोन’ मुक्त भएका छन् । मनाङ, मुस्ताङ र जुम्ला कोरोनाका सक्रिय संक्रमणमुक्त भएका छन् । पछिल्लो समय संक्रमणदर निरन्तर ओरालो लागिरहेको छ ।
टिप्पणीहरू