बारको अध्यक्ष बन्न पार्टीको जिम्मेवारी परित्याग

बारको अध्यक्ष बन्न पार्टीको जिम्मेवारी परित्याग

नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले राजीनामा दिएका छन् । आज पार्टी सभापति शेरबहादुर देउवासमक्ष उनले राजीनसमा बुझाएका हुन् ।

वरिष्ठ अधिवक्ता घिमिरे कानुन व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएशनको अध्यक्षमा उम्मेदवार बनेपछि निर्वाचन समितिबाट राजीनामा दिएको काँग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले बताए ।

नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र काँग्रेस गठबन्धनका उनी एक्लो उम्मेदवार हुन् । बारको महाधिवेशन चैत १९ गते हुँदैछ ।

टिप्पणीहरू