प्रतिनिधिससभाको अर्को बैठक बुधबार
प्रतिनिधिससभाको अर्को बैठक अब चैत २ गते बस्ने भएको छ । आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक आगामी बुधबार दिउँसो १ बस्ने जानकारी गराउनुभएको हो ।
आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव र सार्वजनिक लेखा समितिको एक्काइसौं वार्षिक प्रतिवेदन २०७८ पेस गरिएको छ ।
बैठकमा सांसदद्वय भीम रावल र प्रेम सुवालले भारतले सीमा अतिक्रमण गरिरहेको र यसप्रति नेपाल सरकार मौन बसेको अन्दै आपत्ति जनाउनुभएको छ । एमसीसी सम्झौता अनुमोदनपछिको अवस्थाबारे जानकारी दिन रावलले माग गर्दा सुवालले एमसीसी खारेज गर्न माग गर्नुभएको हो ।
एमाले सांसदको नाराबाजीबीच सभामुख सापकोटाले संसदको कार्यसूची अघि बढाउनुभएको थियो । सापकोटाले संसदमा कायम अवरोध हटाउन आजको बैठकमा रुलिङसमेत गर्नुभएको थियो ।
टिप्पणीहरू