खरिदार पनि भ्रष्टाचार मुद्दामा तानिए
मालपोत कार्यालय, चाबहिलका खरिदार लक्ष्मण बस्नेतविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
सामान्य प्रक्रियाबाट हुने जग्गा नामसारीलाई आलटाल गरी सेवाग्राहीसँग एक लाख ३५ हजार रूपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको हो ।
फागुन १२ गते अख्तियारको टोलीले उनलाई घुससहित पक्राउ गरेको थियो । उनले जग्गा नामसारी गर्न सहजीकरण गरिदिने बहानामा घुस लिएको देखिन आएकाले भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारको भनाइ छ ।
उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) मा उल्लेख भएबमोजिमको अधिकतम सजाय हुनपर्ने मागदाबी आयोगको छ ।
टिप्पणीहरू