पञ्जावका नयाँ मुख्यमन्त्रीमा भगवन्त मान

पञ्जावका नयाँ मुख्यमन्त्रीमा भगवन्त मान

आम आदमी पार्टीबाट निर्वाचित भगवन्त मानले मुख्यमन्त्रीको शपथ लिने भएका छन् । उनले आगामी बुधबार स्वतन्त्रता सेनानी भगत सिंहको गाउँ खटकर कलानमा सपथ लिने भएका हुन् ।

यस्तै, उनको सरकारमा सहभागी हुने १६ मन्त्रीले केहि दिनपछि मात्र शपथ लिने बताइएको छ । भारतीय समाचार एजेन्सीहरुका अनुसार मानको सपथ ग्रहण समारोहमा आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवाल पनि सहभागी हुने छन् ।

अरविन्द केजरीवाल र भगवन्त मान अहिले अमृतसहरको एक दिने भ्रमणमा छन् । उनीहरुले आज त्यहाँको रोड शोमा भाग लिनुअघि जलियावाला बागमा शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

टिप्पणीहरू